हल्ला मात्र होइन, तथ्य र समाधान खोज्ने समय हो
नेपालमा आलोचना गर्नेको संख्या धेरै छ, तर समाधान दिने मानिस कम छन्। अध्ययन, अनुसन्धान, तथ्य, र तर्कभन्दा भावनामा आधारित निष्कर्ष निकाल्ने प्रवृत्ति हाम्रो समाजमा गहिरो छ। चर्को स्वरमा बोलेको कुरा सत्य ठान्ने, भीडको समर्थनलाई यथार्थ मान्ने, र दोष दिन मै रमाउने सोचले देशलाई पछि धकेलिरहेको छ। तर, के यो समस्या सधैं रहने हो ? होइन। हामीले वैज्ञानिक सोच, तथ्यमा आधारित बहस, र व्यवहारिक समाधान अपनायौं भने समाज सुधार्न सकिन्छ। अन्य विकसित देशहरूले अपनाएका केही रणनीतिहरू हेरौं, जसले नेपालका समस्याहरू समाधान गर्न सहयोग गर्न सक्छ। - समस्या: भावना, भीड र हल्लाले दिशा दिने संस्कृति हावि रहेको छ । - नेपालमा नीति, समाज, र विकासका विषयमा बहस हुँदा निम्नलिखित समस्या हरु देखा पर्ने गर्छन् । 1). भावनामा आधारित निष्कर्ष: - “मलाई लाग्छ” भन्ने आधारमा कुरा गर्ने प्रवृत्ति हावि छ। - अध्ययन वा अनुसन्धान बिना कुनै कुरा सही वा गलत भनेर निष्कर्ष निकालिन्छ। -जब वैज्ञानिक सोचभन्दा व्यक्तिगत आस्था हावी हुन्छ। 2. भीड र गलत सूचनाको प्रभाव: - भीडले जुन कुरा धेरै दोहोर्याउँछ, त्यसलाई नै सत्य मानिन्छ। - सामाजिक ...