अन्तरिक्षमा मानिसको भविष्य: बसाइदेखि जन्म सम्मको कथा

  पृथ्वीको सीमित आकाशपारि फैलिएको यो असीम रहस्यले युगौँदेखि मानव मस्तिष्कलाई आकर्षित गर्दै आएको छ । आज अन्तरिक्ष सम्बन्धी छलफलहरू, अनुसन्धानहरू र उपलब्धिहरूले संसारभर चर्चा पाइरहेका छन् । तर यसको इतिहास नयाँ होइन । यसको यात्रा त शीतयुद्धको प्रारम्भिक कालमै सुरु भएको थियो ।


त्यो समय अमेरिका र सोभियत संघबीच सुरु भएको अन्तरिक्ष अन्वेषणको प्रतिस्पर्धाले संसारभर वैज्ञानिक सोचमा क्रान्ति ल्यायो । मानिसले पहिलो पटक पृथ्वी छाडेर अन्तरिक्षतर्फ पाइला चाल्दा, आकाश अब केवल हेर्ने वस्तु नभई पुग्ने लक्ष्य बन्यो ।

🚀 अन्तरिक्ष के हो ?

अन्तरिक्ष (Space) पृथ्वीको सतहबाट करिब एक लाख मिटर (१०० किलोमिटर) माथिबाट सुरु हुने क्षेत्र हो, जहाँ वायुमण्डल समाप्त हुँदै जान्छ । त्यहाँ हावा हुँदैन, गुरुत्वाकर्षणको प्रभाव निकै कमजोर हुन्छ, र शरीर भारहीन अवस्थामा रहन्छ ।

मानवले अहिले सम्म "अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS)"मा महिनौँ बिताएको छ । त्यहाँ वैज्ञानिकहरूले विभिन्न प्रयोगहरू गर्दै आएका छन्  शरीर, अणु, र जीवनका आधारभूत सिद्धान्तहरू कसरी बदलिन्छन् भन्ने बुझ्नका लागि ।

👩‍🚀 अन्तरिक्षमा बसाइ सम्भव छ ?

हो, अन्तरिक्षमा बसाइ सम्भव भएको प्रमाणित भइसकेको छ । वैज्ञानिकहरूले त्यहाँ मानिस बाँच्न सक्ने अवस्था सिर्जना गरेका छन् ।अक्सिजन, तापक्रम, पानी, र खाना सबै कृत्रिम रूपमा उपलब्ध गराइन्छ ।


तर प्रश्न उठ्ने गर्छन् 

👉 “के त्यहाँ मानिस प्रजनन र बच्चा जन्माउन पनि सक्षम हुन्छ?”

👶 अन्तरिक्षमा जन्मिएको बच्चा कस्तो होला ?

वैज्ञानिक अध्ययन अनुसार, अन्तरिक्षमा गुरुत्वाकर्षणको अभावका कारण मानिसको शारीरिक विकासमा ठूलो असर पर्छ ।

यदि कुनै बच्चा त्यहाँ जन्मियो भने ,उसको हड्डीहरू कमजोर र पातला हुनेछन्,मांसपेशीहरू कमजोर,दृष्टि कमजोर र आँखाको आकार सुन्निएको,र शरीरको सन्तुलन प्रणाली बिग्रिएको हुन सक्छ ।

कारण स्पष्ट छ ,पृथ्वीमा हाम्रो शरीर गुरुत्वाकर्षण शक्ति अनुसार नै विकास भएको हो । हरेक हड्डी, मांसपेशी, र अंगहरू गुरुत्वाकर्षणको प्रतिरोध गर्न बनिएका छन् । तर अन्तरिक्षमा त्यो शक्ति हुदैन ।

⚛️ भारहिनताको असर

अन्तरिक्षमा शरीर भारहीन (weightless) हुन्छ । यस्तो अवस्थामा रगत, मांसपेशी, र अस्थिर प्रणालीमा असमान दबाब पर्छ ।

शरीरमा रगत माथिल्लो भागमा बढी जान्छ, जसले अँखा सुन्निने र टाउको दुख्ने समस्या ल्याउँछ ।

लामो समय अन्तरिक्षमा रहँदा हड्डीको घनत्व घट्छ, जसले शरीरलाई कमजोर बनाउँछ ।

🧬 प्रजनन प्रणालीमा असर

अन्तरिक्षमा शुक्राणुहरूको गति नियन्त्रण गर्ने इन्जाइमहरू (enzymes) राम्रोसँग काम गर्न सक्दैनन् । त्यसैले शुक्राणु अत्यधिक गतिमा चल्ने वा असामान्य व्यवहार देखाउने सम्भावना हुन्छ ।

त्यस कारण गर्भाधान (fertilization) प्रक्रियामा समस्या आउन सक्छ ।

त्यस्तै, दृष्टि र सन्तुलन राख्ने कानभित्रको प्रणाली (vestibular system) पनि भारहीन अवस्थामा ठीकसँग काम गर्न सक्दैन, जसले मानिसलाई दिशाहीनता (disorientation) ल्याउँछ ।

🌍 निष्कर्ष

अन्तरिक्षमा बसाइ सम्भव छ तर त्यहाँ पूर्ण जीवनचक्र (जन्मदेखि मृत्यु) सम्भव हुन अझै चुनौतीपूर्ण छ । पृथ्वीको गुरुत्वाकर्षण शक्ति हाम्रो अस्तित्वको अभिन्न अङ्ग  हो ।

मानिस ले अन्तरिक्षमा घर त बनाउने सोच राखिसकेको छ, तर त्यहाँ सन्तान जन्माउने सपना अझै वैज्ञानिक कल्पनामा मात्र सीमित छ ।

शायद भविष्यमा, जब हामी गुरुत्वाकर्षणलाई कृत्रिम रूपमा सिर्जना गर्न सफल हुन्छौँ,त्यो दिन अन्तरिक्ष पनि मानव सभ्यताको दोस्रो घर बन्न सक्छ ।


Comments

Popular posts from this blog

Solid-State Batteries : The Next Big Leap in Battery Technology

🌍 के पृथ्वीले आफ्नो वायुमण्डलका कणहरू Moon मा पठाइरहेको छ?

Recent Discoveries in Physics (2024-2025)