विदेशी शक्ति, एजेन्ट राजनीति र हाम्रो भ्रम (भू–राजनीति र विश्व राजनीति)

(भू–राजनीति र विश्व राजनीति)

आज हामी जुन देशमा बसिरहेका छौं, त्यो केवल नक्सामा बनेको सिमाना मात्र होइन। यो देश भू–राजनीतिक शक्तिहरूको नजरमा एउटा रणनीतिक मैदान पनि हो। यही मैदानमा खेलिन्छ ! विदेशी शक्ति राष्ट्र, छिमेकी देशहरू र तिनका “एजेन्ट” हरूको खेल।

हामीले बारम्बार सुन्छौं 

“फलानो राम्रो नेता हो”,

“उहाँ त देशभक्त हुनुहुन्छ”,

“उहाँले देश बदल्नुहुन्छ।”

तर कहिल्यै गहिरिएर सोच्यौं कि कतै हामीले राम्रो नेता ठानेको व्यक्ति कसैको एजेन्ट त होइन?

#  एजेन्ट भनेको को हो?

एजेन्ट भन्नाले सधैं गोप्य रूपमा पैसा लिएर काम गर्ने मान्छे मात्र होइन। आधुनिक राजनीतिमा एजेन्टहरू धेरै रूपका हुन्छन्।

कहिलेकाहीँ एजेन्ट त्यस्तो व्यक्ति हुन्छ,जो विदेशी शक्तिको भाषा बोल्छ!

जसका निर्णय देशभन्दा बाहिर केन्द्रित हुन्छन्,

जो जनतासँग होइन, दूतावाससँग जवाफदेही हुन्छ !

अझ खतरनाक कुरा त के हो भने धेरै एजेन्टलाई आफू एजेन्ट भएको अनुभूति नै हुँदैन।

#  विदेशी शक्तिले एजेन्ट कसरी तयार गर्छन्?

१) विचारको माध्यमबाट

लोकतन्त्र, विकास, मानव अधिकार, स्थायित्व,

यी शब्दहरू सुन्दा राम्रो लाग्छन्। तर यी नै शब्दहरू प्रयोग गरेर विदेशी एजेन्डा घुसाइन्छ।

बिस्तारै नेता विदेशी सोचलाई,आफ्नै विचार ठान्न थाल्छ।

२) पैसाको माध्यमबाट

NGO/INGO, परियोजना, अनुदान, ऋण, छात्रवृत्ति,

पहिला सहयोग देखिन्छ, पछि नियन्त्रण।

जब कुनै नेताको राजनीति,विदेशी पैसामा टिक्न थाल्छ,त्यो नेता स्वतन्त्र रहँदैन।

३) सत्ताको माध्यमबाट

चुनाव जिताइदिने आश्वासन,अन्तर्राष्ट्रिय मान्यता,आलोचना हुँदा संरक्षण

सर्त एउटै हुन्छ!

“हामीलाई सुन्ने हो भने, हामी तिमीलाई टिकाउँछौं।”

४) डर र ब्ल्याकमेल

कहिलेकाहीँ गोप्य फाइल,

कहिलेकाहीँ भ्रष्टाचार,

कहिलेकाहीँ निजी जीवन।

त्यसपछि नेता देशका लागि होइन,

आफ्नो कुर्सी बचाउन निर्णय गर्न थाल्छ।

एउटै एजेन्ट किन बारम्बार बदलिन्छ?

विदेशी शक्तिको लक्ष्य व्यक्ति होइन,

प्रभाव (Influence) हो।

जब एक एजेन्ट बदनाम हुन्छ,

जनता आक्रोशित हुन्छन्

देश अस्थिर हुन्छ

त्यसपछि नयाँ अनुहार,

#   नयाँ नारा,

नयाँ आशा बोकेर

अर्को एजेन्ट मैदानमा आउँछ।

खेल उही रहन्छ, केवल खेलाडी फेरिन्छ।

“राम्रो नेता” देखिने मान्छे नै किन शंकास्पद हुन्छ?

खुला रूपमा विदेशी पक्षधर नेता भन्दा

सभ्य, शिक्षित, अन्तर्राष्ट्रिय भाषामा बोल्ने, लोकप्रिय नेता

विदेशी शक्तिका लागि धेरै उपयोगी हुन्छ।

यस्ता नेताका केही चिन्हहरू:

राष्ट्रिय मुद्दामा अस्पष्टता

विदेशी हस्तक्षेपमा मौनता

जनआन्दोलनभन्दा बाहिरको समर्थन खोज्ने

निर्णयभन्दा पहिले दूतावास धाउने

नेता जनतासँग डराएर होइन,

विदेशीसँग डराएर निर्णय गर्छ भने

ऊ नेता होइन , उपकरण हो।

छिमेकी देश र साना राष्ट्रको पीडा

साना राष्ट्रहरू सधैं जोखिममा हुन्छन्। किनकि

   -  भौगोलिक स्थिति

  -  प्राकृतिक स्रोत

     -रणनीतिक महत्व

      -छिमेकी देशहरू:

      -दल फुटाउँछन्

        -गुट बनाउँछन्

         -नेताहरूलाई प्रतिस्पर्धामा राख्छन्

“हामी बिना तिमी सकिँदैनौ” भन्ने मानसिकता बनाउँछन्

यसरी देश बिस्तारै

निर्णय गर्न नसक्ने राष्ट्र बन्छ।

#   जनता किन बारम्बार झुक्किन्छ?

किनकि

हामी अनुहार हेर्छौं, नीति होइन

हामी नारा सुन्छौं, निर्णय होइन

हामी भावनामा बग्छौं, विश्लेषण गर्दैनौं

त्यसैले हरेक चुनावपछि

हामी भन्छौं “यसपालि पनि धोका भयो।”

#   अन्तिम 

विदेशी शक्ति राष्ट्रलाई

तपाईंको नेता चाहिँदैन।

उनीहरूलाई चाहिन्छ !  तपाईंको देशको निर्णय।

र त्यो निर्णय आउँछ

संसदबाट

सरकारबाट

तर नियन्त्रित दिमागबाट

त्यसैले प्रश्न यो होइन

“उहाँ एजेन्ट हो कि होइन?”

सही प्रश्न यो हो!

“उहाँका निर्णय कसको हितमा छन्

देशको कि बाहिरको?”

जबसम्म जनता सचेत हुँदैन, एजेन्ट फेरिन्छन्,

शासन फेरिन्छ,

तर देशको हालत फेरिँदैन।


Comments

Popular posts from this blog

Solid-State Batteries : The Next Big Leap in Battery Technology

🌍 के पृथ्वीले आफ्नो वायुमण्डलका कणहरू Moon मा पठाइरहेको छ?

अन्तरिक्षमा मानिसको भविष्य: बसाइदेखि जन्म सम्मको कथा