Posts

Solid-State Batteries : The Next Big Leap in Battery Technology

 Introduction Batteries are everywhere in our phones, laptops, and electric vehicles. Most of these use lithium-ion technology, which relies on a liquid electrolyte to help lithium ions move inside the battery. While these batteries are good, they have some safety risks and limits to how much energy they can store. Solid-State Batteries are an exciting new type that promises to fix many of these problems. Let’s explore how they work, why they use solid electrolytes, and why they might be the future of energy storage. What Is a Solid-State Battery ? A battery has three main parts: -Anode (negative side) -Cathode (positive side) -Electrolyte (material that lets lithium ions move between anode and cathode. In traditional lithium-ion batteries, the electrolyte is liquid. In a solid-state battery, this liquid is replaced with a solid electrolyte—a solid material that lets lithium ions pass through but blocks electrons. How Do Solid-State Batteries Work? The basic working principle is si...

Blue Ghost Mission 1:दोस्रो निजी अन्तरिक्ष यानको ऐतिहासिक चन्द्रमा अवतरण

 अमेरिकी अन्तरिक्ष अनुसन्धानमा अर्को ऐतिहासिक सफलता! फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ अन्तरिक्ष यानले मार्च २, २०२५, अमेरिकी पूर्वी समय अनुसार बिहान ३:३४ बजे (०८३४ GMT) चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ। यो निजी अन्तरिक्ष कम्पनीमार्फत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने दोस्रो मिशन बनेको छ। यसले नासाको चन्द्र अन्वेषण कार्यक्रमलाई थप मजबुत बनाउँदै भविष्यमा मानव अवतरण को सम्भावनालाई एक कदम अगाडि बढाएको छ। ब्लु घोस्ट मिशन १: यात्रा विवरण  प्रक्षेपण मिति: जनवरी १५, २०२५ ब्लु घोस्ट अन्तरिक्ष यान स्पेसएक्स फाल्कन ९ रकेट द्वारा पृथ्वीतर्फ प्रक्षेपण गरियो।  अन्तरिक्ष यात्रा अवधि: ४७ दिन ब्लु घोस्टले पृथ्वीतर्फबाट चन्द्रमासम्मको यात्रा पूरा गर्न करिब साढे १ महिना समय लगायो।  अवतरण मिति: मार्च २, २०२५ अमेरिकी पूर्वी समय अनुसार बिहान ३:३४ बजे (०८३४ GMT) चन्द्रमाको मारे क्रिसियम क्षेत्रको मोन्स ल्याट्रेल नजिक अवतरण। फायरफ्लाई एरोस्पेसका कार्यक्रम प्रबन्धक रे एलेन्सवर्थ का अनुसार, "ल्यान्डरले अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्‍यो, कुनै ठूलो समस्या देखिएको छैन !" नासाका कार...

सपना: अचेतन मनको रहस्य

 परिचय: सपना किन देखिन्छ? के तिनीहरू केवल कल्पनाका अंश मात्र हुन्, वा तिनले हाम्रो जीवनमा कुनै विशेष अर्थ बोकेका हुन्छन्? यस्ता प्रश्नहरूको उत्तर खोज्ने प्रयास मनोविश्लेषणशास्त्रका पिता सिगमण्ड फ्रायडले आफ्नो प्रसिद्ध पुस्तक The Interpretation of Dreams (सपनाहरूको व्याख्या) मा गरेका छन्। फ्रायडका अनुसार, सपना केवल दिमागको अराजक गतिविधि होइन, बरु ती हाम्रो अचेतन मनका सन्देश हुन्। हामीले दिनभरि दबाएका भावना, इच्छाहरू, र स्मृतिहरू राती सपना मार्फत अभिव्यक्त हुन्छन्। उनले सपनालाई एक किसिमको "इच्छा पूर्तिको मार्ग" भनेका छन्, जसमा हामीले जाग्राम अवस्थामा पूरा गर्न नसकेका चाहनाहरू सपना मार्फत पूरा गर्न खोज्छौं। यस लेखमा, हामी The Interpretation of Dreams को प्रमुख सिद्धान्तहरू, सपनाको मनोवैज्ञानिक व्याख्या, र आफ्ना सपना बुझ्न सक्ने तरिकाहरूबारे चर्चा गर्नेछौं। फ्रायडका सपना सम्बन्धी प्रमुख सिद्धान्तहरू 1. सपना प्रतीकात्मक हुन्छन फ्रायडका अनुसार, सपनाहरूमा प्रत्यक्ष अर्थ हुँदैन। तिनीहरू लुकेका संकेतहरू मार्फत व्यक्त हुन्छन्। उदाहरणका लागि, पानीको सपना देख्नु भावनात्मक अवस्थालाई जनाउन...

Topological Core : सुपरफास्ट कम्प्युटरको भबिस्यको आधार

 हामीलाई थाहा छ  पदार्थमा मुख्य गरि  तीन अवस्था हुन्छन् ।ति हुन , Solid, Liquid, Gas। पछि Plasma लाई चौथो अवस्था मानियो तर, हालै माइक्रोसफ्ट ले Quantum Computing को अनुसन्धानमा Topological Core भन्ने नयाँ अवस्था पत्ता लगाएको छ। जुन भविष्यको Quantum Computer को आधार बन्न सक्ने छ । #Topological Core को इतिहास र विकासक्रम  -   Quantum computing को विकासमा दशकौँदेखि विभिन्न प्रविधिहरूमा अनुसन्धान हुँदै आएको छ। तर, Topological Quantum Computing को विचार 1997 मा प्रसिद्ध भौतिकशास्त्री Alexei Kitaev ले प्रस्ताव गरेका थिए। १. शुरुआती चरण (1997 - 2010) -  Alexei Kitaev ले topological quantum computing को सिद्धान्त प्रस्ताव गरे, जसले quantum information लाई topological states भित्र सुरक्षित राख्न सक्छ। Majorana Fermions (एक विशेष quasiparticle) को प्रयोग गरेर error-resistant qubits बनाउन सकिन्छ भन्ने अवधारणा अघि सारेका थिए। वैज्ञानिकहरूले theoretical model मा यसको feasibility अध्ययन गरे, तर प्रयोगात्मक रूपमा निर्माण गर्न कठिन थियो। २. प्रयोगात्मक प्रगति (2010 - ...

Inside the Black Hole

Black Hole ब्रह्माण्डको सबैभन्दा रहस्यमय र अचम्मको खगोलीय क्षेत्र हो। यसको गुरुत्वाकर्षण बल यति प्रबल हुन्छ कि यसबाट कुनै पनि वस्तु, यहाँसम्म कि प्रकाशसमेत, escape गर्न सक्दैन। यसको अस्तित्व र गुणहरूको अध्ययनले आजसम्म भएका भौतिक र खगोलशास्त्रका थुप्रै रहस्यलाई उजागर गरेको छ। Black Hole को परिभाषा र यसको संरचना बुझ्नका लागि हामीलाई यसको इतिहास, विशेषताहरू, र यसका बारेमा हालका प्रमुख खोजहरूको बारेमा विस्तृत रूपमा थाहा पाउनु पर्छ । # Black Hole भनेको के हो ? -    Black Hole एक खगोलीय क्षेत्र हो । जसको गुरुत्वाकर्षण बल अत्यधिक धेरै  हुन्छ। यस क्षेत्रको गुरुत्वाकर्षण बल यति धेरै हुन्छ  कि यसका आसपासका सबै वस्तुहरू लाई , चाहे तिनीहरू कति पनि ठूलो वा सानो किन नहोस्, त्यसबाट बाहिर जान सक्दैनन्। विशेष रूपमा, प्रकाश पनि यसका गुरुत्वाकर्षण बलबाट बच्न सक्दैन, जसले गर्दा यसलाई "Black" अर्थात अन्धकार भनिएको हो। यसको नाम पनि यसको अन्धकार संरचना र प्रकाशलाई आकर्षित गर्ने विशेषता बाट आएको देखिन्छ । #Black Hole को इतिहास :  -   Black Hole को अवधारणा धेरै पुरानो होइन, तर...

डूम्सडे क्लक (Doomsday Clock) : मानव अस्तित्व जोखिममा, के हामीसँग समय बाँकी छ ?

 संसारका वैज्ञानिकहरूले हालसालै Doomsday Clock अर्थात् "महाविनाश घडी" लाई मात्र 89 सेकेन्ड टाढा राखेका छन्। यो मानव सभ्यताको लागि अहिलेसम्मकै सबैभन्दा खतरनाक संकेत हो। यसको अर्थ के हो ? के संसार साँच्चै विनाशको संघारमा छ ? यस लेखमा म डूम्सडे क्लकको इतिहास, यसको वैज्ञानिक आधार, र किन यो घडी यति संवेदनशील अवस्थामा राखिएको छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गर्ने  छु। # डूम्सडे क्लक के हो ? -      डूम्सडे क्लक एउटा प्रतीकात्मक घडी हो, जुन संसारमा मानव निर्मित संकटहरूको कारण सभ्यताको अस्तित्व कति जोखिममा छ भन्ने बुझाउन प्रयोग गरिएको छ । -  यस लाई Bulletin of the Atomic Scientists (वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय समूह) ले सन् 1947 मा स्थापना गरेक थिए । यस घडीमा मध्यरात (12:00) लाई "मानव सभ्यताको पूर्ण विनाश" को संकेत मानिन्छ। जति यो घडी मध्यरात नजिक जान्छ, त्यति नै संसार महाविनाशको संघारमा पुगिरहेको मानिन्छ । #  अब हामि डूम्सडे क्लकको सुरुवात र विकास कसरि भयो थप चर्चा गरौ । -  सन 1947: सुरुवातमा घडीलाई राति 11:53 मा राखिएको थियो (7 मिनेट टाढा)। -  ...

नेपालका नेताहरूको गैर-जिम्मेवार प्रवृत्ति र विकसित राष्ट्रहरूको तुलना

 मेरो बाल्यकालदेखि नै एउटै कुरा सुन्दै आएको छु ! “नेपाल अब समृद्ध बन्दै छ , नेपालले अब विकास फडको  मार्छ ।” तर बास्तविकता? हरेक सरकार फेरिन्छ, नेताहरू नयाँ भाषण दिन्छन्, सामाजिक सञ्जालमा ठूला कुरा गर्छन्, तर देशको अवस्था झन् झन् बिग्रिँदै छ । जब म विकसित राष्ट्रहरूको अध्ययन गर्छु, मलाई अझै दुःख लाग्छ।किन भने अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया, चीन ! यी सबै देशहरूले विकास गर्नका लागि एउटै बाटो अपनाएका छन् । ति हुन  अनुसन्धान, प्रविधि, विज्ञता, र दीर्घकालीन सोच । तर नेपाल मा ? हाम्रो नेताहरू प्रविधिमा लगानी गर्नु त  परै जाओस्, अनुसन्धान गर्नु त के हो भनेर पनि बुझ्दैनन् । १. नेपालको नेतृत्व किन असफल हुँदै आएको छ ? (क) नेताहरू तथ्य होइन, जस्तो लाग्छ त्यस्तै बोल्ने गर्छन् मलाई कहिलेकाहीं लाग्छ, हाम्रा नेताहरू कुनै वैज्ञानिक अनुसन्धान हेरेर निर्णय लिन्छन् कि राति सपनामा देखेको कुरा माइक समातेर बोल्छन् ? अर्थतन्त्र बिग्रिएको छ, नेताहरू भन्छन् “विदेशी षड्यन्त्र हो।” देशभरिका अस्पतालहरूमा औषधिको अभाव छ, नेताहरू भन्छन् “अघिल्लो सरकारले बेवास्ता गरेको ले हो ।” युवाहरू विदेश ...