डूम्सडे क्लक (Doomsday Clock) : मानव अस्तित्व जोखिममा, के हामीसँग समय बाँकी छ ?

 संसारका वैज्ञानिकहरूले हालसालै Doomsday Clock अर्थात् "महाविनाश घडी" लाई मात्र 89 सेकेन्ड टाढा राखेका छन्। यो मानव सभ्यताको लागि अहिलेसम्मकै सबैभन्दा खतरनाक संकेत हो। यसको अर्थ के हो ? के संसार साँच्चै विनाशको संघारमा छ ?

यस लेखमा म डूम्सडे क्लकको इतिहास, यसको वैज्ञानिक आधार, र किन यो घडी यति संवेदनशील अवस्थामा राखिएको छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गर्ने  छु।

# डूम्सडे क्लक के हो ?

-      डूम्सडे क्लक एउटा प्रतीकात्मक घडी हो, जुन संसारमा मानव निर्मित संकटहरूको कारण सभ्यताको अस्तित्व कति जोखिममा छ भन्ने बुझाउन प्रयोग गरिएको छ ।

-  यस लाई Bulletin of the Atomic Scientists (वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय समूह) ले सन् 1947 मा स्थापना गरेक थिए ।

यस घडीमा मध्यरात (12:00) लाई "मानव सभ्यताको पूर्ण विनाश" को संकेत मानिन्छ। जति यो घडी मध्यरात नजिक जान्छ, त्यति नै संसार महाविनाशको संघारमा पुगिरहेको मानिन्छ ।

#  अब हामि डूम्सडे क्लकको सुरुवात र विकास कसरि भयो थप चर्चा गरौ ।

-  सन 1947: सुरुवातमा घडीलाई राति 11:53 मा राखिएको थियो (7 मिनेट टाढा)।

-  सन 1953: अमेरिकी तथा सोभियत परमाणु परीक्षण पछि राति 11:58 (2 मिनेट टाढा) पुर्याएका थिए ।

- सन 1991: शीतयुद्ध समाप्त भएपछि राति 11:43 (17 मिनेट टाढा) पुर्‍याइयो, जुन अहिलेसम्मकै सुरक्षित समय थियो।

-  सन 2020: जलवायु परिवर्तन, AI, जैविक युद्धको खतरा बढ्दै जाँदा 100 सेकेन्ड टाढा पुगाएका थिए ।

- सन 2024: रूस-युक्रेन युद्ध, जलवायु संकट, र जैविक जोखिमहरू को कारणले  89 सेकेन्ड मात्र बाँकी भनिएको छ ।

# अब हामि , डूम्सडे क्लक  लाई 89 सेकेन्ड टाढा किन  राखियो यसको बारेमा थप चर्चा गर्ने छौ ।

-  डूम्सडे क्लक लाई  निर्धारण गर्न वैज्ञानिक हरुले  विभिन्न विश्व घटनाहरूको विश्लेषण गरेका हुन्छन् ।सन  2024 मा यसलाई अहिलेसम्मकै खतरनाक अवस्थामा राखिनुका मुख्य कारण यस् प्रकार छन् ।

1) न्यूक्लियर युद्ध  बढिरहेको ले :

-  रूस-युक्रेन युद्धले आणविक हतियार प्रयोगको सम्भावना लाई अझै थप बढाएको छ।

- उत्तर कोरियाले लगातार परमाणु परीक्षण गरिरहेको छ।

-  अमेरिका-चीन-ताइवानबीचको बढिरहेको  तनाव ।

2) जलवायु परिवर्तनको  असर

- पृथ्वीको तापमान 1.5°C नाघ्ने संकेत देखिएको छ।

- समुद्री सतह बढ्न थालेपछि धेरै तटीय क्षेत्रहरू जोखिममा छन्।

- बाढी, खडेरी, जङ्गली आग लागी जस्ता घटनाहरू बढ्दै गएका छन्।

3) महामारी र जैविक हतियारको खतरा बढिरहेको 

- कोभिड-१९ पछि पनि नयाँ भाइरसहरूको सम्भावना उच्च छ।

- जैविक हतियारहरूको विकासले अनियन्त्रित महामारी फैलन सक्ने उच्च सम्भावना देखिन्छ ।

4) आर्टिफिसियल इन्टेलिजेन्स (AI) र साइबर युद्धको  प्रभाव

- AI को अनियन्त्रित विकासले मानव नियन्त्रण बाहिर जाने खतरा बढिरहेको छ ।

- साइबर आतंकवाद र डिजिटल युद्धको सम्भावना उच्च देखिन्छ ।

#  अबको बाटो के होला र यसलाई कसरि नियन्त्रण गर्न सकिन्छ ? 

यसलाई नियन्त्रण गर्न निम्नलिखित केहि कुरामा गम्भीर रुपले कदम चाल्न आवश्यक छ ।

-   न्यूक्लियर हतियार नियन्त्रणमा कडाइ गर्नुपर्छ।

- जलवायु परिवर्तन विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।

- AI तथा साइबर युद्धको नियमन गर्न कडा नीति अपनाउनु पर्छ।

-  जैविक हतियारहरू रोक्न वैज्ञानिक अनुसन्धानलाई सही दिशामा लैजानुपर्छ।


निष्कर्ष : के विश्व महाविनाश तर्फ अघि बढिरहेको छ ?

- डूम्सडे क्लक वास्तविक घडी होइन तर यो संसारमा बढ्दै गएको संकटलाई बुझाउने संकेत मात्र  हो। 89 सेकेन्ड टाढा हुनु भनेको मानवता एकदमै संवेदनशील अवस्थामा रहेको संकेत हो।

यदि देशहरू बीच सहकार्य भएन, वैज्ञानिक चेतावनीलाई बेवास्ता गरियो, र विनाशकारी प्रवृत्तिहरू रोकिएनन् भने, हामी आफैंले आफ्नो विनाश निम्त्याउनेछौं। अझै समय छ तर थोरै मात्र ।

अबको बाटो हाम्रो निर्णयमा निर्भर छ। के हामी सभ्यतालाई बचाउने उपाय अपनाउनेछौं वा विनाशको संघारमा उभिनेछौं ?


Comments

Popular posts from this blog

Solid-State Batteries : The Next Big Leap in Battery Technology

Recent Discoveries in Physics (2024-2025)

🌍 के पृथ्वीले आफ्नो वायुमण्डलका कणहरू Moon मा पठाइरहेको छ?