नेपालका नेताहरूको गैर-जिम्मेवार प्रवृत्ति र विकसित राष्ट्रहरूको तुलना

 मेरो बाल्यकालदेखि नै एउटै कुरा सुन्दै आएको छु ! “नेपाल अब समृद्ध बन्दै छ , नेपालले अब विकास फडको  मार्छ ।”

तर बास्तविकता?

हरेक सरकार फेरिन्छ, नेताहरू नयाँ भाषण दिन्छन्, सामाजिक सञ्जालमा ठूला कुरा गर्छन्, तर देशको अवस्था झन् झन् बिग्रिँदै छ ।

जब म विकसित राष्ट्रहरूको अध्ययन गर्छु, मलाई अझै दुःख लाग्छ।किन भने अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया, चीन ! यी सबै देशहरूले विकास गर्नका लागि एउटै बाटो अपनाएका छन् । ति हुन 

अनुसन्धान, प्रविधि, विज्ञता, र दीर्घकालीन सोच ।

तर नेपाल मा ?

हाम्रो नेताहरू प्रविधिमा लगानी गर्नु त  परै जाओस्, अनुसन्धान गर्नु त के हो भनेर पनि बुझ्दैनन् ।

१. नेपालको नेतृत्व किन असफल हुँदै आएको छ ?

(क) नेताहरू तथ्य होइन, जस्तो लाग्छ त्यस्तै बोल्ने गर्छन्

मलाई कहिलेकाहीं लाग्छ, हाम्रा नेताहरू कुनै वैज्ञानिक अनुसन्धान हेरेर निर्णय लिन्छन् कि राति सपनामा देखेको कुरा माइक समातेर बोल्छन् ?

अर्थतन्त्र बिग्रिएको छ, नेताहरू भन्छन् “विदेशी षड्यन्त्र हो।”

देशभरिका अस्पतालहरूमा औषधिको अभाव छ, नेताहरू भन्छन् “अघिल्लो सरकारले बेवास्ता गरेको ले हो ।”

युवाहरू विदेश पलायन भइरहेका छन्, नेताहरू भन्छन् “हामी सत्ता सम्हाल्नासाथ रोजगारी सिर्जना गर्छौ ।”

#  विकसित राष्ट्रहरूमा के हुन्छ ?

-  अमेरिकामा कुनै समस्या आयो भने राष्ट्रपतिले  विज्ञहरूसँग छलफल गर्छन् ।

-  चीनमा नीति बनाउँदा विज्ञान, तथ्य, र अनुसन्धानको प्रयोग गरिन्छ।

-  तर नेपालमा ? हाम्रा नेताहरू फेसबुकमा स्टाटस लेखेर समाधान खोज्छन्।

(ख) निरर्थक आरोप-प्रत्यारोप, नीति निर्माण शून्य

म कहिलेकाहीं सोच्ने गर्छु । हाम्रो नेताहरूलाई सरकार चलाउनेभन्दा कसले बढी आरोप लगाउन सक्छ भन्ने प्रतियोगिता भइरहेको छ जस्तो लाग्छ।

संसद्मा विकास योजनाबारे बहस हुँदैन, तर “तपाईं भ्रष्टाचारी हो, तपाईं राष्ट्रघाती हो” " तपाई आतंककारी हो"  भन्ने बहस चाहिँ घण्टौंसम्म चल्छ।

नयाँ नीति बनाउनुको सट्टा, पुराना निर्णय उल्ट्याएर “हाम्रो पार्टी सत्तामा आउनासाथ सबै सुधार हुन्छ” भन्ने खोक्रो गफ दिन्छन्।

विकासका लागि योजना बनाउनु पर्‍यो भने “पहिले हाम्रो पार्टीका कार्यकर्ताहरूलाई पोष्टिङ गरौं” भनेर समय खेर फाल्छन्।

#  विकसित राष्ट्रहरूमा के हुन्छ ?

-  जापानमा कुनै नयाँ नीति ल्याउँदा विपक्षीसँग सहकार्य गरिन्छ।

- जर्मनीमा संसद् बहसमा  विज्ञान र अनुसन्धान केन्द्रित बहस हुन्छ।

- दक्षिण कोरियामा सरकार परिवर्तन हुँदा पनि राष्ट्रिय नीति निरन्तर अघि बढ्छ।

-  नेपालमा चाहिँ सरकार परिवर्तन हुँदा पुरानो योजना नै खारेज गरिन्छ। यस्तो परिपाटी ले त  कुन देशले विकास गर्छ होला ?

(ग) सामाजिक सञ्जाल राजनीतिज्ञहरू: कामभन्दा प्रचारमा बढी ध्यान दिने  

- नेपालका नेताहरूलाई प्रविधिको उपयोग गर्नुपर्छ भन्ने लाग्छ, तर सामाजिक सञ्जाल प्रचारबाजीका लागि मात्र।

- मन्त्री नियुक्त भएपछि पहिलो काम फोटो सेसन र स्टाटस अपडेट गर्ने।

-  कुनै व्यापारी वा इन्फ्लुएन्सरसँग भेट्दा तुरुन्तै फोटो खिचेर “हामीले विकासको सम्भावनाबारे छलफल गर्‍यौं” भन्ने।

- नक्कली लोकप्रियताका लागि भ्रमपूर्ण समाचार र भाषण तयार गर्ने।

# विकसित राष्ट्रहरूमा के हुन्छ ?

-  अमेरिकी राष्ट्रपतिले वैज्ञानिकहरूसँग छलफल गर्छन्, अनि मात्र नीति घोषणा गर्छन्।

- चिनियाँ नेताहरू विश्वविद्यालयहरूमा पुगेर अनुसन्धानकर्तासँग योजना बनाउँछन्।

-स्विस सरकारले  नवप्रवर्तनमा आधारित नीति ल्याउँछ।

तर 

- नेपालमा चाहिँ TikTok मा चर्चित भए पुग्यो, वैज्ञानिक सोच चाहिंदैन।


विषय नेपालमा के भइरहेको छ? विकसित देशहरूमा के भइरहेको छ?
नीति निर्माण अनुसन्धान नगरी हचुवाका भरमा निर्णय विशेषज्ञहरूसँग परामर्श, वैज्ञानिक प्रमाणमा आधारित नीति
शिक्षा प्रणाली कमजोर, अनुसन्धानमुखी छैन उत्कृष्ट विश्वविद्यालय, अनुसन्धान संस्थाहरूको उच्च लगानी
वैज्ञानिक सोच वैज्ञानिकहरूसँग छलफल नगर्ने, अनुसन्धानलाई प्राथमिकता नदिने प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता
अर्थतन्त्र सुधार खोक्रा भाषण, व्यापारिक समूहलाई मात्र फाइदा पुग्ने नीति दीर्घकालीन योजना, उद्योग, प्रविधि, नवीन खोजमा लगानी
सामाजिक सञ्जाल प्रयोग प्रचारमुखी, सेलिब्रिटीझैं प्रस्तुत हुने जानकारीमूलक, नीति तथा अनुसन्धानमूलक सूचना दिने

३)  नेपालमा देखिएका समस्या र  दीर्घकालीन असरहरू

१. प्रतिभा पलायन (Brain Drain) झन् तीव्र हुने छ 
-  नेपालका युवाहरू अवसर नपाएर विदेश पलायन भइरहेका छन्।

-  “नेपालमा अवसर छैन, भविष्य छैन” भन्ने सोच झन् बलियो बन्दै छ।

-  अनुसन्धानकर्ताहरू  लाई कुनै सम्मान वा लगानी छैन।

- नीति निर्माण प्रक्रियामा विज्ञहरूलाई समावेश गरिँदैन।


२. शिक्षाको गुणस्तर खस्कँदै जाने छ 
-  नेपालको विश्वविद्यालयमा अनुसन्धान कमजोर छ।

-  वैज्ञानिक तथा प्रविधि अध्ययन गर्ने विद्यार्थीहरू विदेश जान बाध्य छन्।

३. नेपाल प्रविधि र नवप्रवर्तनमा झन् पछि पर्ने छ 

- प्रविधिमा लगानी नगरे नेपाल प्रविधिको दौडमा झन् पछाडि पर्ने छ।
- चीन, जापान, दक्षिण कोरियाजस्ता देशहरू प्रविधिमा लगानी गरिरहँदा, नेपालमा भने सरकार ‘सामाजिक सञ्जाल लोकप्रियता’ मा अल्मलिइरहेको छ।

४. समाधान के हुन सक्छ ?
 १. नेताहरूले वैज्ञानिक तथा विज्ञहरूसँग नियमित छलफल गर्नु पर्छ

- नीति निर्माणमा विज्ञहरूको परामर्श आवश्यक छ।


 २. प्रविधि तथा अनुसन्धानमा लगानी बढाउनुपर्छ
- ‘National Innovation Policy’ ल्याएर अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्नु पर्छ।

३. वैज्ञानिक शिक्षा प्रणाली सुधार गर्नुपर्छ
-    विश्वविद्यालयहरू लाई अनुसन्धानमुखी बनाइनु पर्छ।

४. नीतिगत स्थायित्व आवश्यक छ
-   सरकार परिवर्तन हुँदा पनि प्रविधि तथा अनुसन्धानका योजना निरन्तर अघि बढ्नु पर्छ।

५. सामाजिक सञ्जाल लोकप्रियता खोज्ने होइन, वास्तविक काम गर्नुपर्छ

-  नेताहरूले फेसबुक पोस्टभन्दा वास्तविक काममा ध्यान दिनु पर्छ।


निष्कर्ष: नेपालको भविष्य कस्तो हुने छ ?

यदि नेपालले आज नै वैज्ञानिक सोच, प्रविधिमा लगानी, र दीर्घकालीन नीति बनाउन सकेन भने:

-  नेपाल प्रविधिको दौडमा झन् पछाडि पर्नेछ।

-  हाम्रो प्रतिभाशाली युवा विदेश जान बाध्य हुनेछन्।

-  देशको अर्थतन्त्र कमजोर बन्दै जानेछ।

नेपालका नेताहरूले आरोप-प्रत्यारोप, सामाजिक सञ्जालमा  लोकप्रियता, र सत्ता मोह त्यागेर अब वैज्ञानिक सोच, अनुसन्धान, प्रविधि, र दीर्घकालीन नीति निर्माणमा ध्यान दिनु पर्छ।

नेपाललाई खाली नारा , गफ , उखान टुक्काले होइन , कामले अघि बढाउनु पर्छ।

Comments

Popular posts from this blog

Solid-State Batteries : The Next Big Leap in Battery Technology

Recent Discoveries in Physics (2024-2025)

🌍 के पृथ्वीले आफ्नो वायुमण्डलका कणहरू Moon मा पठाइरहेको छ?