Blue Ghost Mission 1:दोस्रो निजी अन्तरिक्ष यानको ऐतिहासिक चन्द्रमा अवतरण
अमेरिकी अन्तरिक्ष अनुसन्धानमा अर्को ऐतिहासिक सफलता! फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ अन्तरिक्ष यानले मार्च २, २०२५, अमेरिकी पूर्वी समय अनुसार बिहान ३:३४ बजे (०८३४ GMT) चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ।
यो निजी अन्तरिक्ष कम्पनीमार्फत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने दोस्रो मिशन बनेको छ। यसले नासाको चन्द्र अन्वेषण कार्यक्रमलाई थप मजबुत बनाउँदै भविष्यमा मानव अवतरण को सम्भावनालाई एक कदम अगाडि बढाएको छ।
ब्लु घोस्ट मिशन १: यात्रा विवरण
प्रक्षेपण मिति: जनवरी १५, २०२५
ब्लु घोस्ट अन्तरिक्ष यान स्पेसएक्स फाल्कन ९ रकेट द्वारा पृथ्वीतर्फ प्रक्षेपण गरियो।
अन्तरिक्ष यात्रा अवधि: ४७ दिन
ब्लु घोस्टले पृथ्वीतर्फबाट चन्द्रमासम्मको यात्रा पूरा गर्न करिब साढे १ महिना समय लगायो।
अवतरण मिति: मार्च २, २०२५
अमेरिकी पूर्वी समय अनुसार बिहान ३:३४ बजे (०८३४ GMT) चन्द्रमाको मारे क्रिसियम क्षेत्रको मोन्स ल्याट्रेल नजिक अवतरण।
फायरफ्लाई एरोस्पेसका कार्यक्रम प्रबन्धक रे एलेन्सवर्थ का अनुसार, "ल्यान्डरले अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्यो, कुनै ठूलो समस्या देखिएको छैन !"
नासाका कार्यवाहक निर्देशक जानेट पेट्रो ले भने, "हामी अमेरिकालाई पहिलो स्थानमा राख्दैछौँ, हामी अमेरिकालाई गर्वित तुल्याउँदै छौँ "।
ब्लु घोस्ट मिशन १ को उद्देश्य :
ब्लु घोस्ट मिशन १ नासाको आर्टेमिस कार्यक्रम को एक हिस्सा हो, जसको मुख्य लक्ष्य चन्द्रमामा मानव पुनः अवतरणको तयारी गर्नु हो।
यस मिशन अन्तर्गत विभिन्न वैज्ञानिक परीक्षणहरू गरिने छ। यसले १० वटा वैज्ञानिक उपकरणहरू बोकेको छ, जसले निम्न अनुसन्धान गर्ने छन्:
🔹 चन्द्रमा को माटो (Regolith) को विश्लेषण
🔹 विकिरण सहिष्णु कम्प्युटर परीक्षण
🔹 चन्द्रमा नेभिगेसन प्रणाली परीक्षण
🔹 चन्द्रमाको सतहको धुलो कणहरूको अध्ययन
ब्लु घोस्ट पूर्ण चन्द्र दिन (१४ पृथ्वी दिन) को अवधिसम्म सञ्चालन गर्ने गरि र्डिजाइन गरिएको छ।
चन्द्रमाको रहस्यमय क्षितिज चमकको अध्ययन:
मार्च १४, २०२५: ब्लु घोस्टले पूर्ण ग्रहणको उच्च-परिभाषा इमेजरी खिच्ने छ।
मार्च १६, २०२५: चन्द्र सूर्यास्तको अध्ययन गर्दै चन्द्रमाको क्षितिज चमक (Lunar Horizon Glow) को अनुसन्धान गर्ने छ।
अपोलो अन्तरिक्ष यात्री युजिन सर्नान ले पहिलो पटक देखेको रहस्यमय चन्द्र धुलो चमक को वैज्ञानिक अध्ययन यस मिशनको प्रमुख लक्ष्यहरूमध्ये एक हो।
पहिलो निजी चन्द्र अवतरणकर्ता को थियो?
- ब्लु घोस्ट चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने दोस्रो निजी अन्तरिक्ष यान हो।
- पहिलो निजी अन्तरिक्ष यान:
नाम: ओडिसी (Odysseus) ल्यान्डर
कम्पनी: इन्ट्युटिभ मेशिन्स (Intuitive Machines)
अवतरण मिति: फेब्रुअरी २२, २०२४
अवतरण स्थान: चन्द्रमाको दक्षिणी ध्रुव नजिक मालापर्ट ए (Malapert A)
इन्ट्युटिभ मेशिन्सले नासासँग सहकार्य गर्दै पहिलो पटक निजी अन्तरिक्ष कम्पनीमार्फत चन्द्र अवतरण सम्पन्न गरेको थियो।
भविष्य: निजी कम्पनीहरूको चन्द्र अन्वेषण
ब्लु घोस्ट मिशन १ को सफलताले चन्द्र अन्वेषणमा निजी कम्पनीहरूको बढ्दो प्रभाव देखाएको छ। अब अन्तरिक्ष अनुसन्धान केवल नासाजस्ता सरकारी एजेन्सीहरूमा सीमित नरही, निजी कम्पनीहरूले पनि महत्वपूर्ण भूमिका खेल्न थालेका छन्।
निकट भविष्यमा:
- चन्द्रमामा स्थायी मानव बसोबासको तयारी
- चन्द्रमामा भएका स्रोत (खनिज, पानी) को उपयोग
- गहिरो अन्तरिक्ष अन्वेषणको नयाँ चरण
ब्लु घोस्ट मिशनको यो ऐतिहासिक सफलता अन्तरिक्ष अनुसन्धानको नयाँ ढोका खोल्दै चन्द्रमामा मानव पुनः अवतरणको सम्भावनालाई यसले अझै नजिक ल्याउनेछ !
Comments
Post a Comment