Topological Core : सुपरफास्ट कम्प्युटरको भबिस्यको आधार
हामीलाई थाहा छ पदार्थमा मुख्य गरि तीन अवस्था हुन्छन् ।ति हुन , Solid, Liquid, Gas। पछि Plasma लाई चौथो अवस्था मानियो तर, हालै माइक्रोसफ्ट ले Quantum Computing को अनुसन्धानमा Topological Core भन्ने नयाँ अवस्था पत्ता लगाएको छ। जुन भविष्यको Quantum Computer को आधार बन्न सक्ने छ ।
#Topological Core को इतिहास र विकासक्रम
- Quantum computing को विकासमा दशकौँदेखि विभिन्न प्रविधिहरूमा अनुसन्धान हुँदै आएको छ। तर, Topological Quantum Computing को विचार 1997 मा प्रसिद्ध भौतिकशास्त्री Alexei Kitaev ले प्रस्ताव गरेका थिए।
१. शुरुआती चरण (1997 - 2010)
- Alexei Kitaev ले topological quantum computing को सिद्धान्त प्रस्ताव गरे, जसले quantum information लाई topological states भित्र सुरक्षित राख्न सक्छ।
Majorana Fermions (एक विशेष quasiparticle) को प्रयोग गरेर error-resistant qubits बनाउन सकिन्छ भन्ने अवधारणा अघि सारेका थिए।
वैज्ञानिकहरूले theoretical model मा यसको feasibility अध्ययन गरे, तर प्रयोगात्मक रूपमा निर्माण गर्न कठिन थियो।
२. प्रयोगात्मक प्रगति (2010 - 2020)
- 2012 मा, Dutch वैज्ञानिकहरूले semiconductor,superconductor junction मा Majorana Fermions को संकेत फेला पारेका थिए ।
माइक्रोसफ्ट ले StationQ नामक अनुसन्धान केन्द्र स्थापना गर्यो, जसले topological qubits को विकासलाई गति दिएको थियो ।
Quantum computing मा IBM, Google, Intel जस्ता कम्पनीहरू superconducting qubits प्रयोग गरिरहेका थिए, तर माइक्रोसफ्ट topological qubits को विकासमा केन्द्रित रहेको थियो ।
३. माइक्रोसफ्टको घोषणा (2022 - हालसम्म)
- 2022 मा, माइक्रोसफ्टले आफ्नो Quantum Lab मार्फत Topological Qubit सफलता पूर्वक निर्माण गरेको दाबी गर्यो।
Azure Quantum प्लेटफर्म अन्तर्गत scalable quantum computing प्रणाली बनाउने योजनाहरू अघि बढाइयो।
2024-2025 मा, माइक्रोसफ्टले quantum chips को विकासमा topological phase of matter लाई प्रयोग गरिरहेको पुष्टि गर्यो।
# Topological Core के हो ?
- Topological Core भन्नाले एक विशेष प्रकारको पदार्थलाई जनाउँछ, जसमा topological states हुन्छन्। यसको प्रमुख विशेषता भनेको Majorana fermions प्रयोग गरेर quantum information लाई सुरक्षित राख्नु हो।
# किन आवश्यक छ Topological Qubit ?
Quantum computing को सबैभन्दा ठूलो समस्या decoherence हो, जसको कारणले quantum states सजिलै बिग्रिन्छ। हाल प्रयोग भइरहेका superconducting qubits को तुलनामा topological qubits ज्यादा stable, error-resistant र scalable हुन्छन्।
# Quantum Computing मा यसको प्रभाव;
- Topological Core प्रयोग गरेर बनेका quantum computers ले विभिन्न क्षेत्रमा क्रान्ति ल्याउन सक्छन्। जस्तै:
Cryptography:
- Classical encryption प्रणालीलाई सुरक्षित बनाउन मद्दत गर्छ।
Drug Discovery:
- जटिल औषधि संरचनाहरूको simulation लाई सहज बनाउँछ।
Material Science:
- नयाँ superconductors र nanomaterials को अनुसन्धानलाई तीव्र बनाउँछ।
Artificial Intelligence:
- AI र Machine Learning को efficiency अत्यधिक वृद्धि गर्न सक्छ।
निष्कर्ष:
- Topological Core को खोजले Quantum Computing मा नयाँ युगको सुरुवात गरेको छ। यदि माइक्रोसफ्ट सफल भयो भने, निकट भविष्यमा error-free, scalable, र high-performance quantum computers को निर्माण सम्भव हुनेछ। अबको दशकमा यो प्रविधिले कस्तो परिवर्तन ल्याउँछ, त्यो हेर्न रोचक हुनेछ।
"Stay tuned for the quantum revolution"
Comments
Post a Comment