अनुसन्धान र प्रविधिमा नेपाल किन पछाडि परिरहेको छ ? भारत, बङ्गलादेश, रूस, अमेरिका, चीन, जापान जस्ता देशहरु बाट केहि सिक्न सकिन्छ कि ?

 नेपाल जस्तो प्राकृतिक स्रोत-साधनले सम्पन्न देश आर्थिक विकास, प्रविधि, र अनुसन्धानमा किन पछाडि छ? जब कि छिमेकी भारत विश्वको प्रविधि महाशक्ति बन्दैछ, बङ्गलादेश अनुसन्धानमा फड्को मार्दै छ, र रूस, अमेरिका, चीन जस्ता देशहरू विज्ञान, प्रविधि, तथा नवप्रवर्तन (Innovation) मा विश्वको अग्रस्थानमा छन्।

प्रमुख कारण नीतिगत कमजोरी, अनुसन्धानमैत्री वातावरणको अभाव, शिक्षामा वैज्ञानिक सोचको कमी, र केन्द्रित रणनीतिको अभाव हो। अब, हामी विभिन्न देशहरूले केन्द्रीय (Centralized) ढाँचामा विकास कसरी गरे भन्ने बुझौं र नेपालले तिनबाट के सिक्न सक्छ भनेर विश्लेषण गरौ।

नेपाल :

 अनुसन्धान र प्रविधिमा किन पछाडि ?

नेपालमा अनुसन्धान तथा प्रविधि विकासका मुख्य बाधकहरू यस प्रकार छन् ;

१. सरकारको अल्पकालीन सोच;

नेपालमा सरकारले प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिएको तेति पाइदैन । नीति बनाउन लामो समय  लागि रहेको हुन्छ , बजेट न्यून हुन्छ ,र कार्यान्वयन  एक दमै कमजोर वा फितलो छ। भारतले "Digital India" र बङ्गलादेशले "Vision 2041" जस्ता दीर्घकालीन योजना बनाउँदा नेपालमा यस्ता ठोस पहल गरेको  देखिंदैन।

२.  कमजोर शिक्षा प्रणाली 

रटानमुखी शिक्षा: हाम्रो देशमा विज्ञान र प्रविधिमा खोज गर्ने खालको भन्दा नि  ,  परीक्षामा अंक ल्याउने प्रणाली हाबी हुँदै आएको छ ।

अनुसन्धानका लागि स्रोत-साधनको कमी: विश्वविद्यालयमा आधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र र गुणस्तरीय  अभाव हुदै आएको छ ।

औद्योगिक अनुसन्धान र शिक्षाबीचको  सम्बन्ध एक दमै कमजोर ; नेपालका विश्वविद्यालयहरू ले  उद्योगहरूसँग सहकार्य गरिरहेका हुँदैन । 

३. प्रविधिमा लगानीको अभाव 

नेपालले कुल गार्हस्थ्य उत्पादन (GDP) को ०.३% मात्रै अनुसन्धानमा लगानी गर्छ । जबकि भारतले ०.७%, चीनले २.४% र अमेरिका ३.१% लगानी गरिरहेका छन । तुलनात्मक हिसाबले हाम्रो देशको लगानी एक दमै कम हो ।

४. उद्योग र अनुसन्धानको विच्छेद

नेपालमा प्रविधि-आधारित उद्योगहरू  एक दमै न्यून छन्। स्टार्टअपहरूलाई सरकारी समर्थन कम छ। जब कि भारत र बङ्गलादेशमा सरकारले प्रविधिमा आधारित कम्पनीहरूलाई आर्थिक सहयोग गरिरहेको छ ।

अन्य देशहरूको केन्द्रीय (Centralized) विकास मोडेल अपनाएका छन ।यसरि गरेको रणनीति सफल पनि देखिएको छ ।

हाम्रो छिमेकी देश भारत , चिन  र बिश्वको अग्रस्थानमा रहेका देशको मोडेल लाई पनि हेरौ एक पटक ; 

१. भारत: सरकारद्वारा निर्देशित अनुसन्धान र प्रविधिमा क्रान्ति गरिरहेको छ ।

- भारतले पछिल्लो १५ वर्षमा प्रविधिमा तीव्र रूपमा प्रगति गरिरहेको   छ।

-  "Digital India" अभियान: सरकारी सेवा डिजिटलाइज गरी प्रविधिमा आधारित आर्थिक विकास गरिरहेको छ ।

- ISRO (Indian Space Research Organisation): कम लागतमा उत्कृष्ट अन्तरिक्ष मिसन (चन्द्रयान, मंगलयान) गरेको थियो । यसले बिश्वमा आफ्नो दबदबा प्रस्तुत गरेको थियो ।

- Bangalore लाइ प्रविधि हब र  भारतलाई "विश्वको IT केन्द्र" बनाउने रणनीति अपनाएको छ ।

- स्वदेशी प्रविधि विकास (Make in India): प्रविधिमा आत्मनिर्भर बन्ने नीति अपनाएको छ ।

- AI, Biotechnology, Space Technology मा केन्द्रित लगानी रणनीति अपनाएको छ ।

२. बङ्गलादेश: अनुसन्धान र औद्योगिकीकरणमा छलाङ पारेको छ ।

- बङ्गलादेशले पछिल्लो १० वर्षमा अनुसन्धान र प्रविधिमा अकल्पनीय प्रगति गरेको छ ।

- "Vision 2041" योजना: बङ्गलादेशलाई उच्च आय भएको देश बनाउने योजना हो ।

- "Smart Bangladesh" नीति: प्रविधि, शिक्षा, डिजिटल अर्थतन्त्रलाई जोड दिने रणनीति अपनाएको थियो ।

- शिक्षा सुधार: अनुसन्धानमा लगानी बढाउने, विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गरिरहेको छ ।

- औद्योगिक अनुसन्धान केन्द्रहरू स्थापना: स्थानीय उत्पादन  लाई  प्रवर्द्धन गर्ने रणनीति अपनाएको छ ।

३. रूस: वैज्ञानिक अनुसन्धान र रक्षा प्रविधिमा केन्द्रीयकरण

-   रूस, विज्ञान र प्रविधिमा केन्द्रीय नीति अपनाउने देशहरु मध्ये एक हो।

- रक्षा प्रविधिमा नेतृत्व: विश्वकै उत्कृष्ट हाइपरसोनिक मिसाइल, रोबोटिक्स, AI प्रविधि मा उल्लेखनीय उपलब्धि हुँदै आएको छ ।

- अन्तरिक्ष अनुसन्धान (Roscosmos): USSR बेला देखि नै रूस प्रविधि र अनुसन्धानमा केन्द्रित हुँदै आएको छ।

- साइबर सुरक्षा र डिजिटल अर्थतन्त्रमा लगानी गरिरहेको छ ।

- विश्व स्तरीय अनुसन्धान संस्था हरू (Moscow Institute of Physics & Technology, Skolkovo Innovation Center) स्थापना गरि उपलब्धि दिदै छन् ।

४. चीन: राज्यद्वारा निर्देशित (State-Led) प्रविधि क्रान्ति 

-  "Made in China 2025" नीति: स्वदेशी प्रविधिको उच्चतम प्रयोग को निति अपनाएको छ ।

- AI, 5G, Space Research मा नेतृत्व गरिरहेको छ 

- Alibaba, Huawei, Tencent जस्ता प्रविधि कम्पनीहरूलाई सरकारले  पूर्ण समर्थन  गरिरहेका छ ।

- विश्वकै सबैभन्दा ठूलो रेलवे नेटवर्क निर्माण गरिरहेको छ ।

५. अमेरिका:  नवप्रवर्तन र निजी-सरकारी सहकार्य

- NASA, DARPA, NIH जस्ता संस्थाहरूले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाएका छन  ।

- Silicon Valley - विश्वकै ठूलो प्रविधि केन्द्र हो ।

- विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू MIT, Stanford, Harvard बाट अनुसन्धान प्रवर्द्धन हुन्छ ।

-  निजी कम्पनीहरू (Google, Microsoft, Tesla) लाई नवप्रवर्तनमा सहयोग हुन्छ ।

बिश्व का अग्रस्थानमा रहेका बिकसित देशबाट सिकेर , अनुभव बटुलेर हाम्रो देश नेपाल लाई अगाडि बढाउन निम्नलिखित कुरा हरु गर्न सकिन्छ कि ;

१. राष्ट्रिय अनुसन्धान तथा प्रविधि परिषद् (National Research & Technology Council) स्थापना गरि 

वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने संस्थागत ढाँचा तथा निति बनाउन आवश्यक छ ।

2. शिक्षा प्रणाली लाई सुधार गर्न आवश्यक 

- वैज्ञानिक सोच, अनुसन्धान प्रविधिमा आधारित शिक्षालाई प्रवर्द्धन गरिनु  पर्छ ।

3. डिजिटल प्रविधिमा लगानी

-  IT हबहरू निर्माण गर्नु पर्छ र  डिजिटल नेपाल बनाउनु पर्छ।

4. स्वदेशी प्रविधि विकास (Made in Nepal नीति)

-औद्योगिकीकरण लाई प्रवर्द्धन गर्नु पर्छ ।

5. निजी-सरकारी सहकार्य (PPP Model)

- निजी क्षेत्रलाई अनुसन्धानमा सहभागिता अनिवार्य  गराउनु पर्छ ।


निष्कर्ष :

भारत, बङ्गलादेश, रूस, अमेरिका, चीन, जापानले अनुसन्धान र प्रविधिमा केन्द्रित विकास मोडेल अपनाएर उल्लेखनीय सफलता हासिल गरिरहेका छ्न । नेपालले  पनि centralized  मोडेल लागू गरेर प्रविधिमा आत्मनिर्भर बन्न प्रयत्न गर्नु पर्छ ।

यदि अहिले को समयमा कसैले नि यो तर्फ सोचेन भने हाम्रो देश अझै पछाडि धकेलिने छ । अब समय आएको छ ,हामीले नीतिगत सुधार गर्दै वैज्ञानिक सोच, प्रविधि, र अनुसन्धानलाई उच्च प्राथमिकता  मा राखि अगाडी बर्ढनु पर्छ । यही भिजन तथा मार्गले  नेपाललाई दिगो विकास र विश्व प्रतिस्पर्धामा अगाडि बढ्न सहयोग गर्ने छ। नत्र देश फेरि सधै झै पछाडी पर्ने छ ।


Comments

Popular posts from this blog

Solid-State Batteries : The Next Big Leap in Battery Technology

Recent Discoveries in Physics (2024-2025)

🌍 के पृथ्वीले आफ्नो वायुमण्डलका कणहरू Moon मा पठाइरहेको छ?