सन् २०२०-२०२५: विज्ञान र प्रविधिको पाँचवर्षीय यात्रा लाई नियाल्दा
मानव सभ्यता निरन्तर विकासक्रम जारि छ, तर सन् २०२०-२०२५ का पाँच वर्ष विज्ञान र प्रविधिको इतिहासमा विशेष रूपमा उल्लेखनीय उपलब्धि भएका छन्। महामारीबाट पुनरुत्थान, कृत्रिम बौद्धिकताको (AI) क्रान्ति, अन्तरिक्ष यात्रामा फड्को, Biotechnology, मा अभूतपूर्व उपलब्धि, र ऊर्जा स्रोतहरूको नवीकरण जस्ता सबै क्षेत्रले पृथ्वीको भविष्य पुनः परिभाषित गरिरहेका छन्। केहि निम्नलिखित छन् ।
१. स्वास्थ्य प्रविधि र Biotechnology मा क्रान्ति :
- कोभिड-१९ को प्रभाव र चिकित्सा क्षेत्रमा क्रान्ति
- सन् २०२० मा कोभिड-१९ महामारी फैलिएपछि, स्वास्थ्य विज्ञानमा तीव्र परिवर्तन भयो।
# mRNA खोपको विकास: फाइजर/बायोएनटेक र मोडेर्नाले पहिलो पटक mRNA प्रविधि प्रयोग गरी कोभिड खोप तयार गरेका थिए , जसले भविष्यमा क्यान्सर, मलेरिया, र अन्य रोगहरूका लागि नयाँ सम्भावनाहरूको बाटो खोलेको थियो ।
# AI-आधारित औषधि को खोजि : कृत्रिम बौद्धिकता (AI) ले औषधिको अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ। उदाहरणका लागि, DeepMind ले प्रोटिन संरचनाहरू पहिचान गर्न AlphaFold प्रणाली विकास गर्यो, जसले नयाँ औषधिहरूको विकास गर्न सहज बनाएको छ ।
# जिन सम्पादन (Gene Editing): CRISPR-Cas9 प्रविधिको प्रयोग गर्दै वैज्ञानिकहरूले केही अनुवांशिक रोगहरूलाई हटाउने प्रारम्भिक परीक्षण सफल बनाएका छन्।
२. कृत्रिम बौद्धिकता (AI) को युगको शुरूवात :
# व्यावसायिक क्षेत्रमा AI को प्रवेश: सन् २०२३-२०२५ मा AI आधारित च्याटबोट, रोबोटिक असिस्टेन्ट, र अटोमेटेड प्रणालीहरूले उद्योगहरूमा आमूल परिवर्तन गरेका छन्।
# स्वास्थ्य सेवामा AI: मेडिकल इमेजिङ, रोग पहिचान, र व्यक्तिगत उपचार योजना निर्माणमा AI प्रभावकारी बनिरहेको छ।
# AI-निर्मित कला र साहित्य: AI ले सिर्जनशील लेख, चित्रकला, र सङ्गीत समेत उत्पादन गर्न थालेको छ।
३. अन्तरिक्ष अन्वेषण:
# चन्द्र अभियान: नासाले Artemis अभियान अन्तर्गत चन्द्रमामा पहिलो महिला र गैर-सेतो अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ।
# मंगल ग्रहमा रोबोटिक अनुसन्धान: Perseverance Rover ले मङ्गल ग्रहमा जीवनको सम्भावना खोजि रहेको छ।
# निजी क्षेत्रको प्रवेश: स्पेसएक्स, ब्लू ओरिजिन, र अन्य निजी कम्पनीहरूले अन्तरिक्ष पर्यटन र चन्द्र आधार स्थापना गर्न महत्वपूर्ण कदम चालेका छन्।
४. ऊर्जा र वातावरण : दिगो भविष्यको खोजी भएको छ
# नवीकरणीय ऊर्जा स्रोतहरूको बिस्तार भएको छ ।
- सौर्य ऊर्जा अब परम्परागत ऊर्जा स्रोतहरूभन्दा सस्तो हुँदै गएको छ।
- हाइड्रोजन ऊर्जा लाई नयाँ सम्भावनाको रूपमा अगाडि बढाएको छ।
# परमाणु फ्यूजनमा सफलता हात परेको :
सन् २०२२ मा अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक परमाणु फ्यूजनबाट Net Energy Gain हासिल गरका थिए , जसले Renewable Energy को सम्भावना लाई बढाएको छ।
# कार्बन न्यूट्रालिटी र जलवायु मा सुधार
- थुप्रै देशहरूले कार्बन उत्सर्जन घटाउने नीति अवलम्बन गरिरहेका छन्।
- AI-आधारित जलवायु भविष्यवाणी प्रणालीहरू विकसित भएका छन्।
५. रोबोटिक्स र स्वचालन प्रविधिको बिकास भएको छ ।
# आफै चल्ने (Self-driving Cars): टेस्ला, वेमो, र अन्य कम्पनीहरूले पूर्णरूपमा आफै चल्ने गाडिको सफल परीक्षण गरिरहेका छन्।
# औद्योगिक रोबोटहरू को बिकास वा उदय : कारखानाहरूमा मानव श्रमलाई प्रतिस्थापन गर्दै रोबोटहरूले उत्पादन प्रक्रियालाई तीव्र बनाएका छन्।
# AI सहायक रोबोट: घर, स्वास्थ्य सेवा, र सुरक्षा क्षेत्रमा रोबोटहरूको प्रयोग व्यापक हुँदै गएको छ।
६. सञ्चार प्रविधिमा तीव्रता आएको छ ।
# 5G र 6G प्रविधि:
- 5G प्रविधिले इन्टरनेट गतिमा क्रान्ति ल्याएको छ ।
- 6G प्रविधिको अनुसन्धान तीव्र भइरहेको छ, जसले भविष्यमा इन्टरनेटलाई अझ छिटो , छरितो बनाउने छ।
# मेटाभर्स र VR/AR प्रविधि को बिकास क्रम :
- डिजिटल दुनियाँमा मानव अन्तर्क्रियालाई नयाँ रूप दिने प्रयास भइरहेको छ।
- शिक्षा, मनोरञ्जन, र व्यापारमा Virtual Reality (VR) को प्रयोग बढ्दै गएको छ।
७. खाद्य प्रविधि र कृषि क्रान्ति भएको छ ।
# वैज्ञानिक ले (Lab-grown Meat)को बिकास गर्न खोजिरहेका छन :
- पशुपालनको आवश्यकता लाइ घटाउन,बैज्ञानिक हरुले प्रयोगशालामा मासु उत्पादन गर्ने प्रविधि invention वा खोजि गरिरहेका छन् ।
# स्मार्ट कृषि (Smart Farming):
AI, IoT, र ड्रोन प्रविधि प्रयोग गरेर कृषि उत्पादन लाई वृद्धि गर्न थालिएको छ।
निष्कर्ष: सन् २०२०-२०२५ मा कति विकास भयो ?
यी पाँच वर्षमा प्रविधि, विज्ञान, र मानव सभ्यतामा अभूतपूर्व विकासहरू भएका थिए । मुख्य उपलब्धि निम्नलिखित छन् ।
# स्वास्थ्य क्षेत्रमा :
औषधि विकास, जिन सम्पादन, र AI आधारित उपचार विधिहरूले स्वास्थ्य प्रणालीमा क्रान्ति ल्याए।
# अन्तरिक्ष क्षेत्रमा :
चन्द्रमामा पुनः मानव पठाउने योजना, मङ्गल अन्वेषण, र निजी अन्तरिक्ष पर्यटनको थालनी भयो।
# ऊर्जा क्षेत्रमा :
नवीकरणीय ऊर्जा प्रविधिहरूले भविष्यमा दिगो विकासको आधार तयार पारे।
# कृत्रिम बौद्धिकता :
AI र रोबोटिक्सले जीवनशैलीमा व्यापक प्रभाव पार्दैछन्।
# सञ्चार र डिजिटल विश्व :
5G, 6G, र मेटाभर्स प्रविधिहरूले इन्टरनेटको नयाँ रूप विकास गरिरहेका छन्।
तपाईंको विचारमा, सन् २०२०-२०२५ को सबैभन्दा प्रभावशाली वैज्ञानिक उपलब्धि कुन हो ? कृपया आफ्नो भनाइ कमेन्ट गर्नुहोस् !
Comments
Post a Comment