Posts

Showing posts from February, 2025

सपना: अचेतन मनको रहस्य

 परिचय: सपना किन देखिन्छ? के तिनीहरू केवल कल्पनाका अंश मात्र हुन्, वा तिनले हाम्रो जीवनमा कुनै विशेष अर्थ बोकेका हुन्छन्? यस्ता प्रश्नहरूको उत्तर खोज्ने प्रयास मनोविश्लेषणशास्त्रका पिता सिगमण्ड फ्रायडले आफ्नो प्रसिद्ध पुस्तक The Interpretation of Dreams (सपनाहरूको व्याख्या) मा गरेका छन्। फ्रायडका अनुसार, सपना केवल दिमागको अराजक गतिविधि होइन, बरु ती हाम्रो अचेतन मनका सन्देश हुन्। हामीले दिनभरि दबाएका भावना, इच्छाहरू, र स्मृतिहरू राती सपना मार्फत अभिव्यक्त हुन्छन्। उनले सपनालाई एक किसिमको "इच्छा पूर्तिको मार्ग" भनेका छन्, जसमा हामीले जाग्राम अवस्थामा पूरा गर्न नसकेका चाहनाहरू सपना मार्फत पूरा गर्न खोज्छौं। यस लेखमा, हामी The Interpretation of Dreams को प्रमुख सिद्धान्तहरू, सपनाको मनोवैज्ञानिक व्याख्या, र आफ्ना सपना बुझ्न सक्ने तरिकाहरूबारे चर्चा गर्नेछौं। फ्रायडका सपना सम्बन्धी प्रमुख सिद्धान्तहरू 1. सपना प्रतीकात्मक हुन्छन फ्रायडका अनुसार, सपनाहरूमा प्रत्यक्ष अर्थ हुँदैन। तिनीहरू लुकेका संकेतहरू मार्फत व्यक्त हुन्छन्। उदाहरणका लागि, पानीको सपना देख्नु भावनात्मक अवस्थालाई जनाउन...

Topological Core : सुपरफास्ट कम्प्युटरको भबिस्यको आधार

 हामीलाई थाहा छ  पदार्थमा मुख्य गरि  तीन अवस्था हुन्छन् ।ति हुन , Solid, Liquid, Gas। पछि Plasma लाई चौथो अवस्था मानियो तर, हालै माइक्रोसफ्ट ले Quantum Computing को अनुसन्धानमा Topological Core भन्ने नयाँ अवस्था पत्ता लगाएको छ। जुन भविष्यको Quantum Computer को आधार बन्न सक्ने छ । #Topological Core को इतिहास र विकासक्रम  -   Quantum computing को विकासमा दशकौँदेखि विभिन्न प्रविधिहरूमा अनुसन्धान हुँदै आएको छ। तर, Topological Quantum Computing को विचार 1997 मा प्रसिद्ध भौतिकशास्त्री Alexei Kitaev ले प्रस्ताव गरेका थिए। १. शुरुआती चरण (1997 - 2010) -  Alexei Kitaev ले topological quantum computing को सिद्धान्त प्रस्ताव गरे, जसले quantum information लाई topological states भित्र सुरक्षित राख्न सक्छ। Majorana Fermions (एक विशेष quasiparticle) को प्रयोग गरेर error-resistant qubits बनाउन सकिन्छ भन्ने अवधारणा अघि सारेका थिए। वैज्ञानिकहरूले theoretical model मा यसको feasibility अध्ययन गरे, तर प्रयोगात्मक रूपमा निर्माण गर्न कठिन थियो। २. प्रयोगात्मक प्रगति (2010 - ...

Inside the Black Hole

Black Hole ब्रह्माण्डको सबैभन्दा रहस्यमय र अचम्मको खगोलीय क्षेत्र हो। यसको गुरुत्वाकर्षण बल यति प्रबल हुन्छ कि यसबाट कुनै पनि वस्तु, यहाँसम्म कि प्रकाशसमेत, escape गर्न सक्दैन। यसको अस्तित्व र गुणहरूको अध्ययनले आजसम्म भएका भौतिक र खगोलशास्त्रका थुप्रै रहस्यलाई उजागर गरेको छ। Black Hole को परिभाषा र यसको संरचना बुझ्नका लागि हामीलाई यसको इतिहास, विशेषताहरू, र यसका बारेमा हालका प्रमुख खोजहरूको बारेमा विस्तृत रूपमा थाहा पाउनु पर्छ । # Black Hole भनेको के हो ? -    Black Hole एक खगोलीय क्षेत्र हो । जसको गुरुत्वाकर्षण बल अत्यधिक धेरै  हुन्छ। यस क्षेत्रको गुरुत्वाकर्षण बल यति धेरै हुन्छ  कि यसका आसपासका सबै वस्तुहरू लाई , चाहे तिनीहरू कति पनि ठूलो वा सानो किन नहोस्, त्यसबाट बाहिर जान सक्दैनन्। विशेष रूपमा, प्रकाश पनि यसका गुरुत्वाकर्षण बलबाट बच्न सक्दैन, जसले गर्दा यसलाई "Black" अर्थात अन्धकार भनिएको हो। यसको नाम पनि यसको अन्धकार संरचना र प्रकाशलाई आकर्षित गर्ने विशेषता बाट आएको देखिन्छ । #Black Hole को इतिहास :  -   Black Hole को अवधारणा धेरै पुरानो होइन, तर...

डूम्सडे क्लक (Doomsday Clock) : मानव अस्तित्व जोखिममा, के हामीसँग समय बाँकी छ ?

 संसारका वैज्ञानिकहरूले हालसालै Doomsday Clock अर्थात् "महाविनाश घडी" लाई मात्र 89 सेकेन्ड टाढा राखेका छन्। यो मानव सभ्यताको लागि अहिलेसम्मकै सबैभन्दा खतरनाक संकेत हो। यसको अर्थ के हो ? के संसार साँच्चै विनाशको संघारमा छ ? यस लेखमा म डूम्सडे क्लकको इतिहास, यसको वैज्ञानिक आधार, र किन यो घडी यति संवेदनशील अवस्थामा राखिएको छ भन्ने विषयमा विस्तृत रूपमा चर्चा गर्ने  छु। # डूम्सडे क्लक के हो ? -      डूम्सडे क्लक एउटा प्रतीकात्मक घडी हो, जुन संसारमा मानव निर्मित संकटहरूको कारण सभ्यताको अस्तित्व कति जोखिममा छ भन्ने बुझाउन प्रयोग गरिएको छ । -  यस लाई Bulletin of the Atomic Scientists (वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय समूह) ले सन् 1947 मा स्थापना गरेक थिए । यस घडीमा मध्यरात (12:00) लाई "मानव सभ्यताको पूर्ण विनाश" को संकेत मानिन्छ। जति यो घडी मध्यरात नजिक जान्छ, त्यति नै संसार महाविनाशको संघारमा पुगिरहेको मानिन्छ । #  अब हामि डूम्सडे क्लकको सुरुवात र विकास कसरि भयो थप चर्चा गरौ । -  सन 1947: सुरुवातमा घडीलाई राति 11:53 मा राखिएको थियो (7 मिनेट टाढा)। -  ...

नेपालका नेताहरूको गैर-जिम्मेवार प्रवृत्ति र विकसित राष्ट्रहरूको तुलना

 मेरो बाल्यकालदेखि नै एउटै कुरा सुन्दै आएको छु ! “नेपाल अब समृद्ध बन्दै छ , नेपालले अब विकास फडको  मार्छ ।” तर बास्तविकता? हरेक सरकार फेरिन्छ, नेताहरू नयाँ भाषण दिन्छन्, सामाजिक सञ्जालमा ठूला कुरा गर्छन्, तर देशको अवस्था झन् झन् बिग्रिँदै छ । जब म विकसित राष्ट्रहरूको अध्ययन गर्छु, मलाई अझै दुःख लाग्छ।किन भने अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया, चीन ! यी सबै देशहरूले विकास गर्नका लागि एउटै बाटो अपनाएका छन् । ति हुन  अनुसन्धान, प्रविधि, विज्ञता, र दीर्घकालीन सोच । तर नेपाल मा ? हाम्रो नेताहरू प्रविधिमा लगानी गर्नु त  परै जाओस्, अनुसन्धान गर्नु त के हो भनेर पनि बुझ्दैनन् । १. नेपालको नेतृत्व किन असफल हुँदै आएको छ ? (क) नेताहरू तथ्य होइन, जस्तो लाग्छ त्यस्तै बोल्ने गर्छन् मलाई कहिलेकाहीं लाग्छ, हाम्रा नेताहरू कुनै वैज्ञानिक अनुसन्धान हेरेर निर्णय लिन्छन् कि राति सपनामा देखेको कुरा माइक समातेर बोल्छन् ? अर्थतन्त्र बिग्रिएको छ, नेताहरू भन्छन् “विदेशी षड्यन्त्र हो।” देशभरिका अस्पतालहरूमा औषधिको अभाव छ, नेताहरू भन्छन् “अघिल्लो सरकारले बेवास्ता गरेको ले हो ।” युवाहरू विदेश ...

100 Years of Quantum Mechanics : Past, Present, and Future

 Introduction :  Quantum Revolution                            Quantum mechanics is one of the greatest scientific discoveries of the last 100 years. It explains the strange behavior of tiny particles like electrons and photons, shaping our modern world in ways we never imagined. From computers and lasers to MRI machines and secure communication, quantum mechanics has changed everything. As we celebrate 100 years of quantum mechanics, let’s take a journey through its history, present applications, and future possibilities. 1. The Birth of Quantum Mechanics (1900 – 1925)                                Before quantum mechanics, scientists believed in classical physics, which explained how large objects (like planets and cars) move. However, when they studied tiny particles (atoms, electrons and light), they discovered something sho...

सन् २०२०-२०२५: विज्ञान र प्रविधिको पाँचवर्षीय यात्रा लाई नियाल्दा

मानव सभ्यता निरन्तर विकासक्रम जारि  छ, तर सन् २०२०-२०२५ का पाँच वर्ष विज्ञान र प्रविधिको इतिहासमा विशेष रूपमा उल्लेखनीय  उपलब्धि भएका  छन्। महामारीबाट पुनरुत्थान, कृत्रिम बौद्धिकताको (AI) क्रान्ति, अन्तरिक्ष यात्रामा फड्को,  Biotechnology, मा  अभूतपूर्व उपलब्धि, र ऊर्जा स्रोतहरूको नवीकरण जस्ता  सबै क्षेत्रले पृथ्वीको भविष्य पुनः परिभाषित गरिरहेका छन्। केहि  निम्नलिखित छन् । १. स्वास्थ्य प्रविधि र Biotechnology मा  क्रान्ति :  - कोभिड-१९ को प्रभाव र चिकित्सा क्षेत्रमा क्रान्ति - सन् २०२० मा कोभिड-१९ महामारी फैलिएपछि, स्वास्थ्य विज्ञानमा तीव्र परिवर्तन भयो।  #  mRNA खोपको विकास: फाइजर/बायोएनटेक र मोडेर्नाले पहिलो पटक mRNA प्रविधि प्रयोग गरी कोभिड खोप तयार  गरेका थिए , जसले भविष्यमा क्यान्सर, मलेरिया, र अन्य रोगहरूका लागि नयाँ सम्भावनाहरूको बाटो खोलेको थियो । # AI-आधारित औषधि को खोजि : कृत्रिम बौद्धिकता (AI) ले औषधिको अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ। उदाहरणका लागि, DeepMind ले प्रोटिन संरचनाहरू पहिचान गर्न AlphaFold प्र...

अनुसन्धान र प्रविधिमा नेपाल किन पछाडि परिरहेको छ ? भारत, बङ्गलादेश, रूस, अमेरिका, चीन, जापान जस्ता देशहरु बाट केहि सिक्न सकिन्छ कि ?

 नेपाल जस्तो प्राकृतिक स्रोत-साधनले सम्पन्न देश आर्थिक विकास, प्रविधि, र अनुसन्धानमा किन पछाडि छ? जब कि छिमेकी भारत विश्वको प्रविधि महाशक्ति बन्दैछ, बङ्गलादेश अनुसन्धानमा फड्को मार्दै छ, र रूस, अमेरिका, चीन जस्ता देशहरू विज्ञान, प्रविधि, तथा नवप्रवर्तन (Innovation) मा विश्वको अग्रस्थानमा छन्। प्रमुख कारण नीतिगत कमजोरी, अनुसन्धानमैत्री वातावरणको अभाव, शिक्षामा वैज्ञानिक सोचको कमी, र केन्द्रित रणनीतिको अभाव हो। अब, हामी विभिन्न देशहरूले केन्द्रीय (Centralized) ढाँचामा विकास कसरी गरे भन्ने बुझौं र नेपालले तिनबाट के सिक्न सक्छ भनेर विश्लेषण गरौ। नेपाल :  अनुसन्धान र प्रविधिमा किन पछाडि ? नेपालमा अनुसन्धान तथा प्रविधि विकासका मुख्य बाधकहरू यस प्रकार छन् ; १. सरकारको अल्पकालीन सोच; नेपालमा सरकारले प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिएको तेति पाइदैन । नीति बनाउन लामो समय  लागि रहेको हुन्छ , बजेट न्यून हुन्छ ,र कार्यान्वयन  एक दमै कमजोर वा फितलो छ। भारतले "Digital India" र बङ्गलादेशले "Vision 2041" जस्ता दीर्घकालीन योजना बनाउँदा नेपालमा यस्ता ठोस पहल गरेको  देखिंदैन। २....